त्रिविका विभाग मर्ज गरेर स्कुल बनाउने प्रक्रिया यही वर्षदेखि सुरु हुने
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको योजना निर्देशनालयले केन्द्रीय विभागहरू समायोजन गरेर स्कुल बनाउने प्रक्रिया यही वर्षदेखि सुरु हुने जनाएको छ ।
कतिपय केन्द्रीय विभागमा आवश्यक विद्यार्थी भर्ना नभएपछि मिल्दो विभागलाई समायोजन गरेर स्कुल बनाउने प्रक्रिया यो वर्षदेखि अगाडि बढाउने तयारी भइरहेको योजना निर्देशनालयले जनाएको छ ।
त्यसका लागि खाका तयार भइरहेको छ। योजना निर्देशनालयका अनुसार अहिलेसम्मको अध्ययनले विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका सबै विभागको तीन वटा स्कुल बन्ने सम्भावना देखिएको छ ।
जियोलोजी, इन्भाइरोमेन्टल साइन्स र हाइड्रोमेटेरियोलोजी विषय एक अर्कासँग मिल्दो भएकोले अर्थ साइन्स स्कुल बनाउने तयारी छ । बोटनी, केमेस्ट्री लगायतको मिल्दो विषय गरेर तीन वटा स्कुल बन्ने सम्भावना अनुसार मूल्यांकन भइरहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१ २०:३९
प्रतिक्रिया दिनुहोस्