कालोपुलमा २० वर्षीय युवकको हत्या
काठमाडौँ - काठमाडौँको कालोपुलमा एक युवकको हत्या भएको छ । ओखलढुंगाको लिखु-९ का २० वर्षीय प्रेम महत दर्जीको घाँटीमा सलले कसेर हत्या भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
प्रहरीका अनुसार प्रेम ओखलढुङ्गाकै २४ वर्षीय उषा नेपालीसँग विगत एक महिनादेखि श्रीमान्-श्रीमती भएर त्यहाँ डेरा लिएर बस्दै आएका थिए ।
प्रहरीले प्रेमको हत्या गरेको अभियोगमा उषा र ओखलढुङ्गाकै २७ वर्षीय मदन रम्तेललाई पक्राउ परेको छ । प्रारम्भिक अनुसन्धानमा मदन, उषाका पूर्वश्रीमान रहेको पाइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१ २०:४१
प्रतिक्रिया दिनुहोस्