Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यालिफोर्नियामा आगलागी : ५६० भन्दा बढी घर र भवन ध्वस्त

आइतबार, साउन २०, २०८१

वासिङ्टन – क्यालिफोर्नियाको सेन्ट्रल भ्यालीमा छ हजारभन्दा बढी अग्निनियन्त्रकहरूले ११ दिनअघि लागेको राज्यको इतिहासमा सबैभन्दा ठूलो आगलागी निभाउन सङ्घर्ष गरिरहेका छन् ।

अधिकारीहरूका अनुसार आगलागीबाट अहिलेसम्म पाँच सय ६० भन्दा बढी घर र भवन नष्ट भएका छन् भने लस एन्जलस सहरभन्दा ठूलो क्षेत्रफल अर्थात चार लाख एकडभन्दा बढी भूमिलाई यसले लपेटेको छ । अधिकारीहरूले २७ प्रतिशत क्षेत्रमा आगो निभाइएको र चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।


यस क्षेत्रको कच्ची भूभाग र उजाडस्थानका कारण आगलागी भएको स्थानसम्म पुग्न दुईदेखि तीन घण्टा लागेको थियो । साथै केही अग्निनियन्त्रकलाई हेलिकप्टरद्वारा अग्रपङ्क्तिमा पठाइएको छ भने केही आपूर्ति आइपुग्दासम्म केही दिन त्यहाँ रहने अपेक्षा गरिएको छ ।

क्यालिफोर्निया राष्ट्रिय अग्नि नियन्त्रण केन्द्रले अस्ट्रेलिया र न्युजिल्याण्डका अग्नि नियन्त्रकहरूसँग सहयोगका लागि अनुरोध गरेको छ ।


 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार