Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको पछिल्लो दशक विकास र उन्नतिको दशक हो : प्रधानमन्त्री ओली

आइतबार, साउन २०, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले  पछिल्लो दशकलाई नेपालको आर्थिक विकास र उन्नतिको दशको रूपमा चित्रण गरेका छन् ।

मुलुकमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको उल्लेख गर्दै उनले पछिल्लो ७० देखि ८० को दशकमा नेपालमा राजनीतिक परिवर्तनको दशक मात्रै नभएर आर्थिक विकास र उन्नतिको दशकको रूपमा रहेको दाबी गरेका हुन् ।

आइतबार ललितपुरमा आयोजित सडक विभागको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले विकास प्रक्रिया ढिलो भएपनि पछिल्लो देशमा नेपाली जनजीवनले आधुनिक युगमा प्रवेश गरेको जिकिर गरे । उनले बनमा गोठालो जाँदा समेत फोन गर्ने अवस्था मुलुकमा आएको दृष्टान्त पेस गर्दै केही पनि भएन भन्न नमिल्ने तर्क गरे । सडक, विद्युत्, अस्पताललगायतका पूर्वाधार निर्माणको काम मुलुकमा अभियानको रूपमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले नेपालमा योजनाबद्ध विकासको थालनी राजा महेन्द्रले गरेपनि त्यसले निरन्तरता पाउन नसकेको र २०४६ सालपछि पनि निजीकरणको कारण विकास, निर्माणको कामले गति लिने अवस्था नबनेको बताए । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्