Nic Ad Nic Ad
Nic Ad Nic Ad

संविधानलाई जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ : अध्यक्ष नेपाल

सोमबार, साउन २१, २०८१

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार आयोजित कार्यक्रममा उनले लोकतन्त्र,संविधानको रक्षा  एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको छ भने । 


उनले भने,’आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्छ । आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती हो । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन । वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो  छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकार्यलाई बलियो बनाउनुपर्छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्