Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको भाउमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

सोमबार, साउन २१, २०८१

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  आज सुन तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ५० हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन भने प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको थियो । 


यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  चाँदीको मूल्य १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार