Nic Ad Nic Ad
Nic Ad Nic Ad
सेलिब्रिटी

कहाँ छिन् पाचौं मिस नेपाल झरना बज्राचार्य, जसको चर्चाले गर्माउने गर्दथ्यो मिडिया क्षेत्र 

सोमबार, साउन २१, २०८१

काठमाडौं– फिल्मी र रंगीन दुनियाँको गोल्डेन गेट मानिन्छ मिस नेपाल प्रतियोगिता। यसको २८औं संस्करणमा आइपुग्दा आश्माकुमारी केसीले ताज पहिरिएकी छन्। 

मिस नेपाल प्रतियोगितको चार्म पहिलाकोभन्दा निक्कै खस्किएको जस्तो ठानिन्छ। यद्यपि यसै दुनियाँबाट रंगिन पर्दापणमा पुग्नेको चर्चा भने कम छैन। 

मिस नेपाल भइसकेका कतिपय सम्बन्धका कारणले पनि चर्चामा रहने गरेका पाइन्छन्। कतिपय सम्बन्ध विच्छेदका कारण पनि नामी छन्। कोही भने मिडियाभन्दा पर बसेर गुमनाम पनि छन्। 

धेरै चर्चामा आएका र नेपाली फिल्म उद्योगमा पनि जमेका चर्चित अनुहार कसरी मिडियाभन्दा पर बसेका छन्? कहाँ छन्? के गर्दैछन् भन्ने चासो स्वभाविक हुन थालेको छ। 

jharana-2-1722840198.jpg
 

मिस नेपाल हुँदै नेपाली फिल्म क्षेत्रमा नै धुरुन्धर बनेकी तथा हिन्दी फिल्ममा आइटम नम्बर गरेर ब्यापक चर्चा कमाएकी पाचौं मिस नेपाल झरना बज्राचार्य अहिले चर्चामा छैनन्। कुनै न कुनै सामाजिक सञ्जालका फोरम या फिल्मलगायतका इभेन्टमा कतिपय मिस नेपाल देखिँदा बज्राचार्य कहाँ हराइन्? 

एक दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेकी तथा हिन्दी फिल्म ‘लभ इन नेपाल’का कारण बलिउडमा समेत बज्राचार्यको चर्चा हुने गरेको थियो। 

सन् १९९७ मा मिस नेपालको ताज लगाएकी बज्राचार्यले सोही सालबाट फिल्ममा अभिनय सुरु गरेकी थिइन्। 

हतियार उनको डेब्यु फिल्म थियो। यसपछि सन् १९९८, २००१, २००२, २००३, २००४, २००५, २०१० मा उनले क्रमश भुतुक्कै भएँ नि, सिउँदोको सिन्दुर, अन्जुली, भाइटिका, माया गर्छु म, चहान्छु म तिमिलाई, लभ इन नेपाल, परेनि माया जालैमा, सञ्जीवनी, फेरि अर्को साइनो र कोही मेरोमा अभिनय गरेकी थिइन्। 

बज्राचार्य स्मार्ट हिरोइनको छविमा केही वर्ष रूमल्लिइन्। 

jharana-1-1722840217.jpg
 

रंगीन दुनियाँमा चर्चा भैरहे पनि फिल्म र प्रेममा भोग्नुपरेको असफलताको कारण उनी गुमनाम हुन पुगेको गसिप चलेको थियो। मलेसियन व्यवसायी राहुल अग्रवालसँग विवाह गरेकी बज्राचार्य उतै व्यस्त छिन्। पछिल्लो पटक उनले २०७२ सालमा छोरा भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी थिइन्।

अहिले सामाजिक सञ्जालको फोरम इन्स्टाग्राममा मात्र झुल्किने गरेकी उनी कुनै भिडिओ वा अन्य जानकारी गराउँदिनन्। सीमित मात्रामा सामाजिक सञ्जालको प्रयोग गर्दै आएकी उनले दुई महिनाअघि छोरासँगको तस्बिर शेयर गरेकी छन् भने यो खबर तयार पार्दाको चार दिनअघि मात्र एउटा पोस्ट गरेकी छन्। 

यस्तो लाग्छ, उनी पारिवारिक जीवन, व्यावसायमा मलेसियामा नै ब्यस्त छिन्।  
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्