Nic Ad Nic Ad
Nic Ad Nic Ad

३० बर्षअघि चितवन–२ बाटै निर्वाचित सांसदले रवि लामिछानेलाई के भने?

सोमबार, साउन २१, २०८१

काठमाडौैं– गत चुनाव र उपचुनाव दुवैमा चितवन–२ बाट अत्यधिक मत ल्याएर निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यतिबेला ५ दिन सार्वजनिक यातायात चढ्ने पार्टीको अभियानमा छन्।

काठमाडौं हुँदै निर्वाचन क्षेत्रसम्म पुगेका उनी सार्वजनिक यातायातको साधनमा चढेका भिडिओ र आम साधारणसँगको संवादका अंश पनि आइरहेका छन्। 

कतिपयले यसलाई स्टन्ट पनि भनेका छन्। गतिविधि हेर्दा स्वभाविक नदेखिए पनि पार्टीको निर्णयअनुसार नै रास्वपाका अन्य सांसद र नेता सार्वजनिक सवारी साधनमा देखिन्छन्, भेटिन्छन्। 

यसमा क्रिया प्रतिक्रिया आइरहेका छन्। यसैक्रममा लामिछाने निर्वाचित भएको चितवन–२ मा नै ३० बर्षअघि चुनाव जितेका सांसदले पनि यस कामप्रति टिप्पणी गरेका छन्। 

नेकपा एमालेको हालका केन्द्रीय संगठन विभागमा काम गरिरहेका पूर्वसांसद काशीनाथ अधिकारी भन्छन्,‘ पूर्व उपप्रम तथा गृहमन्त्री माननीय रवि लामिछाने बसमै यात्रा गर्नुहुँदो रहेछ। तीस बर्ष अगाडि चितवन –२ बाटै निर्वाचित पजेरो युगको सांसद हुँ म। ४३ बर्ष भयो पूर्णकालिन राजनीतिमा लागेको। अहिले पनि दैनिक सार्वजनिक बसमै  हिंडिरहेको हुन्छु। अब माननीयजीसँग कुनै दिन बसमै भेट होला!’

 

अधिकारीको यो भनाईले ५ दिन मात्र सार्वजनिक सवारी साधन प्रयोग गर्ने भन्ने लामिछानेको नीतिलाई ब्यङ्ग्य गरेको स्पष्ट झल्किन्छ। 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्