Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले देशमा ‘अटोक्रेसी’ चलाउन खोज्दैछ : माधव सापकोटा

सोमबार, साउन २१, २०८१

काठमाडौं- प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले देशमा ‘अटोक्रेसी’ चलाउन खोजिरहेको आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो आशंका गरेका हुन् । सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट दुईजना सदस्य बर्खास्त गरिएको प्रति आपत्तिसमेत जनाए ।

‘सरकारका पछिल्ला घटनाक्रमहरु हेर्दा, नेपाल विद्यतु प्राधिरणको दुईजना सदस्यहरुको बर्खास्तीसम्म पुग्दा कपिल आचार्य र भक्तबहादुर पुन दुईजनालाई नियम उल्लंघन गरेर सरकारले बर्खास्ती गरेको छ,’ उनले भने, ‘म यो घटनाको जोडदार ढंगले खण्डन गर्न चाहन्छु । सरकार यो देशमा अटोक्रेसी चलाउन खोजिरोखेको छ भन्ने कुराको आशंका व्यक्र गर्न चाहन्छु ।’

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्