Nic Ad Nic Ad
Nic Ad Nic Ad

तस्करीको सुन प्रयोग गरेको भन्दै ज्वेलर्सविरुद्ध मुद्दा दायर

सोमबार, साउन २१, २०८१

काठमाडौँ- पोखराको एक ज्वेलर्सले ८ करोड रुपैयाँभन्दा बढीको तस्करीको सुन बिक्री गरेको दाबीसहित मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले पोखरा उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

भारतको पश्चिम बगाल मेदिनीपुरका सुरजित भौमकले सञ्चालन गर्दै आएको जय भैरव ज्वेलर्समा तस्करीको सुन प्रयोग भएको अनुसन्धानबाट देखिएपछि राजश्व चुहावटको मुद्दा दायर गरिएको महानिर्देशक चक्रबहादुर बुढाले बताए । भौमिकलाई २०८० फागुन १ गते ७ किलो सुनसहित जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेको थियो ।

पक्राउ परेपछि अनुसन्धान गर्दा उनले तस्करीमार्फत नेपालभित्र भित्रेको सुन बिक्री गर्ने गरेको खुलेको विभागको अभियोग पत्रमा उल्लेख छ। विभागले भौतिकसहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ। विभागले उनीहरूसँग ८ करोड १५ लाख १६ हजार ८ सय ३८ रुपैयाँ बिगो र सोही बराबर जरिवाना माग गरेको छ। मुद्दा दायर हुने अन्यमा सुरेन्द्र विश्वकर्मा, जनकलाल लोहनी, अर्जुन सुनार र अर्जुनबहादुर कामी रहेका छन् ।

त्यस्तै विभागले भौमिकलाई एक वर्ष देखि तीन वर्षसम्म कैद र अन्यलाई एक महिना देखि ६ महिना कैदको माग गरेको छ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्