Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशमा सैनिक शासनको तयारी, प्रधानमन्त्री हसिना गोनो भवन छाडी सुरक्षित स्थानमा

सोमबार, साउन २१, २०८१

काठमाडौं– बंगलादेशमा सरकारविरोधी प्रदर्शनमा ९० भन्दा बढीको मृत्यु भएपछि त्यहाँको सेनाले शासन हातमा लिने तयारी गरेको छ। 

त्यहाँका सेना प्रमुख वाकर उज जमानले अहिले सम्बोधन गरिरहेका छन्। सेना सडकमा आइसकेको छ। प्रदर्शनकारी राजधानी ढाकामा ठूलो संख्यामा पुगेका छन् भने प्रधानमन्त्री शेख हसिनाले निवास छाडेर सुरक्षित स्थान रोजेकी छन्। 

त्यहाँको डेली स्टार अखबारको अनलाइन संस्करणका अनुसार हसिनाले गोनो भवन छाडेकी हुन् भने सेना प्रमुख जमानले ३ बजे सम्बोधन गरेका छन्।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्