Nic Ad Nic Ad
Nic Ad Nic Ad

सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षीलाई दिन माग

सोमबार, साउन २१, २०८१

काठमाडौं प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह गरेका छन् । 

samridhi jewllers

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह हुन् ।  

‘प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख विपक्षी दललाई दिने लोकतान्त्रिक पद्धतिलाई पालन गर्न-गराउन सम्माननीय सभामुखज्यू र सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’ पाण्डेले भने । 

सार्वजनिक लेखा समितिको संयोजक हाल सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल छन् । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्