Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिइन्, देश छाडेर भारत पुग्न सक्ने अनुमान

सोमबार, साउन २१, २०८१

काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएको दाबी गरिएको छ।  

आरक्षणसम्बन्धी विषयलाई लिएर केही समयदेखि बंगलादेशमा चलिरहेको आन्दोलन र प्रदर्शन उग्र भएको छ। आइतबार मात्र ९० जनाको ज्यान जानेगरी भएको प्रदर्शन उग्र बनेपछि त्यहाँको सेना सडकमा आएको छ। 

प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको निवासमा सोमबार स्थानीय समयअनुसार ३ बजे छिरेको त्यहाँको अखबर द डेली स्टारले जनाएको छ। 

भारतका मिडियाका अनुसार शेख हसिनाले निवास छाडी सुरक्षित ठाउँका रुपमा भारत पुग्न सक्ने अनुमानित चर्चा गरिरहेका छन्। 

एएफपीका अनुसार प्रधानमन्त्री हसिना सुरक्षित स्थानमा भागेकी छन्। बंगलादेशी सेना प्रमुखले सम्बोधनको तयारी गरेका छन्। सम्भवतः सेनाले बंगलादेशी सरकारको बागडोरको जिम्मा लिने सम्भावना छ। त्यहाँका सेना प्रमुख वाकर उज जमानले ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्