Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना उडिन् भारतको अगरतला

सोमबार, साउन २१, २०८१

काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी छन् । 

samridhi jewllers

बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेसँगै पदबाट राजीनामा दिएर उनी भारतीय सहर अगरतलाका लागि उडेकी हुन् ।
शेख हसिना उडेको हेलिकप्टरमा उनकी बहिनी शेख रेहना पनि साथमा रहेकी बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । 

उनीहरु सरकारी सेवामा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । आन्दोलनका क्रममा अहिलेसम्म झण्डै ३ सय जनाको मृत्यु भइसकेको छ ।

प्रधानमन्त्री शेख हसिनाले बहिनीसहित देश छाडेकै दिन बंगलादेशको ढाकामा भएको प्रदर्शनमा सोमबार कम्तीमा ६ जना विद्यार्थी मारिएका छन् ।

बंगलादेशको चर्चित अनलाइन डेली स्टारका अनुसार प्रहरीसँगको झडपका क्रममा जत्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा ६ जना विद्यार्थीले ज्यान गुमाएका हुन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्