Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेयर बजारको ‘बुलिस ट्रेन्ड’ स्वभाविक छैन : प्रकाशशरण महत

सोमबार, साउन २१, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक नदेखिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै महतले कतिपय संस्थाको सेयरमा भाउ अस्वभाविक रुपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वभाविक लिन नसकिने बताए ।

उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिएका छन् ।

महतले राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रीक नीति र कांग्रेस–एमाले सरकारका कारण आगामी दिनमा आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।

उनले बढीभन्दा बढी जनतालाई सेवा दिने र प्रभाव पार्ने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने र त्यहीअनुसार बजेट बिनियोजन गर्नमा जोड दिए ।

वित्तीय व्यवस्थापनमा देखिएको बेथितिलाई अन्त्य गर्न नसके प्रतिवद्धता अनुसारको प्रतिफल आउन नसक्ने उनले बताएका छन् ।

महतले जथाभावी ऋण लिने प्रवृत्तिले देशलाई थप भार थपिने भएकाले प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिन सुझाव दिएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्