शेख हसिना भागेपछि प्रदर्शनकारीले लुटे प्रधानमन्त्री निवासको सामान
ढाका- राजीनामा दिएर प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि ढाकास्थित उनको सरकारी निवासमा प्रदर्शनकारीले लुट मच्चाएका छन् ।
बंगलादेशमा हसिनाको राजीनामापछि प्रदर्शनकारी ढाकास्थित प्रधानमन्त्रीको आवासमा छिरेका थिए । तस्वीरहरूमा प्रदर्शनकारीलाई प्रधानमन्त्री आवासको सामान उठाएर लगिरहेको देख्न सकिन्छ ।
बंगलादेशका स्थानीय टेलिभिजन च्यानलहरुमा देखाइएका फुटेजहरुमा प्रदर्शनकारीहरु प्रधनमन्त्री निवासबाट सोफा लगायतका सामानहरू लैजाँदै गरेको दृष्य देखिएको हो ।
बंगलादेशमा गत महिनबाट विद्यार्थीहरूले कोटा प्रणाली खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका थिए । पछिल्लो समय उक्त आन्दोलन हिंसात्मक बन्दै गएको थियो ।
बंगलादेशकी प्रधानमन्त्री हसिना राजीनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी थिइन् । उनले सुरक्षित उडानका लागि सेनाको हेलिकप्टर प्रयोग गरेकी थिइन् । उनी अहिले सेनाको जहाजमा भारतको दिल्लीतर लागेको बताइएको छ ।
त्यसपछि बंगलादेशका सेना प्रमुख जनरल वकार उज जमानले देशलाई सम्बोधन गर्दै मानिसहरूलाई शान्ति कायम गर्न अपील गरेका छन् ।