Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सोमबार, साउन २१, २०८१

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिएका छन् । विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए । प्रस्तावको विपक्षमा १४ सांसदले मतदान गरेका छन् ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्