Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी छानबिन समिति : प्रतिवेदन तयार गर्न गृहकार्य सुरु

सोमबार, साउन २१, २०८१

काठमाडौं सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन तयार गर्न गृहकार्य सुरु गरेको छ । 

सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिको कार्यादेशमा आधारित भएर प्रतिवेदन बनाउनका लागि आवश्यक सुझाव लिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । 

प्रतिवेदनमा समेट्ने विषयमा सचिवालयबाट प्रस्तुत खाकाका विषयमा बैठकमा छलफल भएको भन्दै उनले खाकालाई सर्वसम्मतले पारित गरेको बताए । यसअघि भएका छलफलका निष्कर्षलाई समेटेर प्रतिवेदन मस्यौदा बनाउदै लैजाने र आवश्यकता अनुसार सरोकारवाला निकायसँग छलफल पनि गर्दै जाने उनले जानकारी दिए । 

त्यस्तै उनले सहकारी रकम हिनामिना आरोपित सम्बन्धित सहकारीका अध्यक्ष लगायतका पदाधिकारीसँग समितिले छलफल गर्ने र त्यसका लागि प्रश्नहरूको खाका तयार गरिएको बताए। 

बिभिन्न निकायबाट माग गरेका तथ्य-तथ्याङ्कका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने समयसम्म छानविन लगाएका काम जारी रहने समिति संयोजक थापाले बताए ।  

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्