Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्राकृतिक विपद्‌मा परेर १५४ जनाको मृत्यु

सोमबार, साउन २१, २०८१

काठमाडौँ- नेपालमा मनसुन सुरु भएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्‌मा परेर १५४ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म विपद्‌मा परी ४७ जना व्यक्ति बेपत्ता छन् भने १८६ जना घाइते भएका छन् । यो अवधिमा प्राकृतिक विपद्‌मा परेका १०८ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

पहिरो, बाढी लगायत विपद्‌बाट ४ हजार २३८ घरपरिवार विस्थापित भएका छन् । बाढीका कारण सोमबारसम्म ३८४ घर डुबानमा परेका छन् । २६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

विपद्‌बाट २८ जेठयता ७४३ पशु चौपायाको मृत्यु भएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्