Nic Ad Nic Ad
Nic Ad Nic Ad

बहुमत छ, जे गरे पनि हुन्छ भन्ने ठान्नु दुर्भाग्य : ‘प्रचण्ड’

सोमबार, साउन २१, २०८१

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरूले पनि पाठ सिक्नुपर्ने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले बंगलादेशको घटनाबारे सोधेका थिए । विद्यार्थीहरूको आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकी छन् ।यसलाई कतिपयले नेपालमा पनि यस्तो हुनसक्छ भनेका छन् नि भन्ने प्रश्नमा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले बंगलादेशको घटनाक्रमलाई राम्रोसँग अध्ययन गरिनसकेको बताए ।

उनले अगाडि भने, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरूले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरूले बुझ्दा राम्रो हुन्छ ।’

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्