Nic Ad Nic Ad
Nic Ad Nic Ad

टीआरसी विधेयकमा जुटेका सहमतिबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

सोमबार, साउन २१, २०८१

काठमाडौँ- सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) बारे कार्यदलस्तरमा भएका सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् । 

टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलका सदस्य तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलासँग सोमबार प्रधानमन्त्री ओलीले औपचारिक रूपमा ब्रिफिङ लिएका हुन् । एमाले प्रमुख सचेतक समेत रहेका बर्तौलाले कार्यदलस्तरमा अहिलेसम्म भएका सबै सहमतिबारे मौखिक रूपमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको जानकारी दिए । 

टीआरसी विधेयकमा यसअघि दलहरूबिच रहेका असहमतिबारे साउन १७ गते सरोकारवालासहित बसेको बैठकमा सहमति जुटेको दलका नेताहरूले बताएका थिए । उक्त विधेयकमा सहमति जुटाउन एमालेबाट बर्तौला, काँग्रेसबाट गृहमन्त्री समेत रहेका  रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्