४ कम्पनीबाट बाहिरिँदै एनआईसी एशिया, मूल्य १०१ रुपैयाँदेखि ८३३ रुपैयाँसम्म
काठमाडौं - एनआईसी एशिया बैंकले विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ४ वटा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्न लागेको हो ।
बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नागरिक लगानी कोष, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको सेयर आज साउन २२ गतेदेखि बिक्रीमा राखेको हो ।
बैंकका अनुसार निफ्राको ९ लाख ६५ हजार कित्ता, नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरो मूल्य निफ्राको प्रतिकित्ता १०१ रुपैयाँ, नागरिक लगानीको प्रतिकित्ता ८३३ रुपैयाँ, सूर्याेदय वोमीको प्रतिकित्ता ३९९ रुपैयाँ र सूर्यज्योतिको प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले साउन २९ गतेभित्र आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले न्यूनतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक सेयरधनीलाई बिक्री गरेको थियो । तर, आवेदन नपरेपछि पुनः सर्वसाधारण लगानीकर्तालाई खुला गरिएको हो । संस्थापक सेयर खरिद गर्ने व्यक्ति संस्थापक समूहभित्र नै समावेश हुने बताइएको छ ।