Nic Ad Nic Ad
Nic Ad Nic Ad

एउटै निर्वाचन क्षेत्रबाट तीन मन्त्री

मंगलबार, साउन २२, २०८१

दैलेख - कर्णाली प्रदेशमा दैलेखको एउटै निर्वाचन क्षेत्रबाट तीन जना मन्त्री बनेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन जना प्रदेश सभा सदस्य मन्त्री भएका हुन् ।

निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क)बाट नेपाली काँग्रेसका घनश्याम भण्डारी, प्रदेश (ख) बाट नेकपा एमालेका विनोद कुमार शाह र एमालेकै समानुपातिक प्रदेश सभा सदस्य गमता विक प्रदेश सरकारमा मन्त्री र राज्यमन्त्री भएका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा एमालेबाट शाह, सामाजिक विकास मन्त्रीमा काँग्रेसबाट भण्डारी र भौतिक  पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा एमालेबाट विक मन्त्री भएका हुन् ।


शाह र विक यसअघि नै मन्त्री भइसकेका थिए भने भण्डारी आइतबार सामाजिक विकास मन्त्रीमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्