Nic Ad Nic Ad
Nic Ad Nic Ad

डेंगु संक्रमणबाट एक जनाको मृत्यु

मंगलबार, साउन २२, २०८१

डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष देखिएको संक्रमणबाट एक जनाको मृत्यु भएको हो। 

हालसम्म  दुई हजार तीन सय ६५ जनामा डेंगु सक्रमण देखिएको छ। देशभरका ७३ जिल्लामा फैलिएको संक्रमणबाट सबैभन्दा धेरै काठमाडौं उपत्यका प्रभावित भइरहेको महाशाखाले जनाएको छ। 

हालसम्म काठमाडौं उपत्यकाका तीन सय ६० जनामा डेंगु संक्रमण पुष्टि देखिएको छ। काठमाडौंका दुई सय ८७ जनामा, भक्तपुर ४२ जनामा र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो।  यो वर्ष डेंगु र हैजा सँगै फैलिइरहेकाले सर्तकता अपनाउन महाशाखाले आग्रह गर्दै आएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्