Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशकी विपक्षी नेतृ खालिदा रिहा हुँदै

मंगलबार, साउन २२, २०८१

काठमाडौँ– बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छिन् । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

७८ वर्षीया जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छिन् ।

यसैबीच, नोबेल पुरस्कार विजेता मोहमद युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी सुरु भएको बताइएको छ । आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार भइरहेको बताएका छन् ।

युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी शेख हसिना अहिलेसम्म भारतमै रहेकी छिन् । उनी लन्डन जानसक्ने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्