Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद बैठक बस्दै

मंगलबार, साउन २२, २०८१

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक विषयका साथै मन्त्रालयले सम्पादन गरिरहेका काम, आइपरेका समस्या तथा समाधानका उपायका विषयमा छलफल हुनेछ । बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।


 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्