बागमतीको बाढी कुलेश्वर फलफूल बजार र सुकुमवासी बस्तीमा पस्यो
काठमाडौँ - लगातार वर्षासँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) बागमती नदीको पानीको सतह बढेर कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा पानी पसेको छ।
यसैगरी बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको स्थानीयले बताएका छन्।
यस्तै काठमाडौँ–१६, माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घर–पसल डुबानमा परेको स्थानीयले जानकारी दिएका छन्।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १०:५३
प्रतिक्रिया दिनुहोस्