Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार चाहन्छन् विद्यार्थी

मंगलबार, साउन २२, २०८१

काठमाडौँ– बंगलादेशमा भेदभाव विरोधी छात्र आन्दोलनका नेता नाहिद इस्लामले गठन हुने भनिएको अन्तरिम सरकारको नेतृत्वका लागि नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री प्रोफेसर मोहम्मद युनुसको नाम प्रस्ताव गरेका छन् ।

samridhi jewllers

बंगलादेशमा जारी आन्दोलनको समन्वय गरिरहेका मध्येका एक इस्लामले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश जारी गर्दै युनुसको नाम अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरेका हुन् । उनले रास्ट्रपतिसँग छिटोभन्दा छिटो युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न पनि आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ ।

इस्लामले अन्तरिम सरकारको नेतृत्वका बारेमा प्रोफेसर युनुससँग छलफल भइसकेको समेत उल्लेख गरेका छन् । ‘हामीले मोहम्मद युनुससँग कुरा गरिसकेका छौँ । उहाँ विद्यार्थीको अपिलमा बंगलादेशका लागि जिम्मेवारी लिन सहमत हुनुहुन्छ’, उनले भिडियो सन्देशमा भनेका छन । भेदभाव विरोधी छात्र आन्दोलनले सल्लाहकार परिषदका अन्य सदस्यको नाम पनि छिट्टै घोषणा गरिने बताएको छ ।

यस अघि पत्रकार सम्मेलनमा इस्लामले भनेका थिए, ‘छात्र–नागरिकद्वारा समर्थन अथवा प्रस्ताव नगरिँदासम्म हामी कुनै पनि प्रकारको सरकारको समर्थन गर्दैनौँ ।’


 

प्रतिक्रिया दिनुहोस्