वर्षाका कारण काठमाडौँका सडक जलमग्न
काठमाडौँ– आज बिहानैदेखि काठमाडौँलगायत देशभर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण काठमाडौँका सडकहरू जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ ।
काठमाडौँका मुख्य सडकहरू पानी जमेको छ भने मानिसहरूलाई आवतजावत गर्न समस्या भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ ११:२०
प्रतिक्रिया दिनुहोस्