Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँसहितका विभिन्न नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

मंगलबार, साउन २२, २०८१

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लामा रहेका नदीहरूमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अहिले सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, नवलपरासी पश्‍चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने नदीहरूमा पानीको बहाव बढेको छ ।

त्यस्तै महाशाखाले काठमाडौँस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


यस्तै, मेलम्ची, बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ते खोला, कालिगण्डकीका सहायक नदीहरू, तिनाउ, वाणगङ्गा, कञ्चनखोला, दानो खोला लगायतका अन्य ससाना नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्