Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले जनताका निराशाको अन्त्य गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

मंगलबार, साउन २२, २०८१

काठमाडौं– उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलकोे सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलमा सिंहले पटकपटक सरकार परिवर्तनको खेलका कारण जनतामा निराशा छाएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि ठूला दुइ दल मिलेर सरकार बनाएको र वर्तमान सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताए ।

वर्तमान सरकारले देश र जनताका लागि नतिजामूखी काम गर्ने उनको भनाइ छ । सिंहले राजनीतिक स्थायित्व र स्थितरताको जगमा मुलुकको परिवर्तन गर्न ध्यान केन्द्रित गर्ने धारणा राखे ।

यस्तै उपप्रधानमन्त्री सिंहले देशभरका सहरी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नीतिगत सुधारका साथ अघि बढ्ने अठोट व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्