Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुल्मी पहिरोमा परि ४ जनाको मृत्यु, २ घाइते

मंगलबार, साउन २२, २०८१

काठमाडौँ- गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर-१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।

 

पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका मुना विक र विष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् ।

मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्