Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागलुङ पहिरोमा पुरिएर तीनजना बेपत्ता

मंगलबार, साउन २२, २०८१

गलकोट– बडिगाड गाउँपालिका–१० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पुरिँदा तीनजना बेपत्ता भएका छन् ।

जोगलाल बुढाकी श्रीमती र दुई छोरी बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

घटनास्थल पुग्ने सडक अवरुद्ध भएको तथा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी अधिकारीले बताए । 

केही क्षणमा प्रहरी घटनास्थलतर्फ पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेलले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्