Nic Ad Nic Ad
Nic Ad Nic Ad

टीआरसी विधेयकका छलफललाई निष्कर्षमा पुर्‍याउनुपर्छ : कानूनमन्त्री

मंगलबार, साउन २२, २०८१

काठमाडौं कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्को आगामी बैठकमा प्रस्तुत गर्नेगरि अघि छलफल गर्न आग्रह गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा मन्त्री चौरसियाले प्रतिनिधिसभाको साउन २९ गते बस्ने बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने गरि अघि बढ्न आग्रह गरेका हुन् ।

सदनले बिजनेस नपाइरहेको अवस्थामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका साथै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिका छलफललाई निष्कर्षमा पुराउनुपर्नेमा उनले जोड दिए । मन्त्री चौरसियाले केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयकमा देखिएका विषयहरूमा सहमति खोज्न आफू गम्भीर भएर लाग्ने जिकिर गरे । 

त्यस्तै विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई निरन्तर बैठक बसेर टुङ्गो लगाउन उनले सुझाव दिए । 

बैठकमा विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको थियो । तर समिति सदस्यहरूले नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुराएपछि मात्रै अन्य विधेयकमाथि छलफल गर्न सुझाव दिएका थिए । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्