Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागलुङमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु, २ जना बेपत्ता

मंगलबार, साउन २२, २०८१

पोखरा- बागलुङको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर बडिगाड गाउँपालिका–९ र १० मा हालसम्म ८ जनाको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

वडा नम्बर १० मा ६ जना र ९ मा २ जनाको मृत्यु भएको बरालले बताए । मृत्यु हुनेमा मालती बुढा, मधु बुढा, सन्जु बिकको ६ महिने छोरी, मनोज बुढा, मन बुढा, मैतीदेवी बिक, विधान परियार र गङ्गा बस्नेत छन् ।

संगीता बुढा, सुमित्रा बिक, सीता थापा र मङ्गलसिंह बुढा घाइते भएको सहायक प्रजिअ बरालले बताए । थप दुइजना बेपत्ता रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्