Nic Ad Nic Ad
Nic Ad Nic Ad

पैसा नै पैसाः नेप्सेमा अहिलेसम्मकै ‘रेकर्ड ब्रेक’ कारोबार कसरी भयो?

मंगलबार, साउन २२, २०८१

काठमाडौं– शेयर बजारमा मंगलबार रेकर्ड ब्रेक कारोबार भएको छ। १४५।०५ अंकले बजार घट्दा पनि कारोबार भने २३ अर्ब ७१ करोड ६७ लाखको भयो। 

यो अहिलेसम्मको उच्च कारोबार हो। कारोबार सुरु भएको १८ मिनेटमा नै  बढेर २८१५ विन्दुमा पुगेको बजार बन्द हुँदा मापक परिसूचक २६५१.३२ विन्दुमा झरेको छ। 

यसअघि २१ अर्ब ९१ करोडको रेकर्ड बनाएको बजारले मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख बराबरको कारोबार भएको छ। 

उच्च अंकले बजार घट्दा आठ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको सेयर मूल्य घटेको छ। उपसूचक समूहतर्फको सबै समूहको सेयर मूल्य घटेको छ। होटेल तथा पर्यटन समूह ८.२७ प्रतिशतले घटेको छ।

बेस्ट फाइनान्स, नेपाल वेयरहाउजिङ, रिलायन्स फाइनान्स र एचआईडीसीएलको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै घट्यो। सानिमा बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ९ प्रतिशतभन्दा धेरै मूल्य घट्यो।

थ्रीस्टार हाइड्रोपावर र कुथेली बुकरी स्मल हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेको नेप्सेले जनाएको छ।
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्