Nic Ad Nic Ad
Nic Ad Nic Ad

सदनमा विदेशमन्त्री एस जयशंकरले शेख हसिना भारत आएको खुलाए, अरु के–के भने?

मंगलबार, साउन २२, २०८१

काठमाडौं– भारतीय संसदमा त्यहाँका विदेशमन्त्री एस जयशंकरले बंगलादेशबाट भागेकी निवर्तमान प्रधानमन्त्री शेख हसिना आफ्नो देशमा रहेको खुलाएका छन्। 

सदनमा मंगलबार जानकारी दिँदै उनले भने,‘बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाले छोटो जानकारीमा भारतमा आउने भनी अनुरोध गर्नुभयो, हामीले हुन्छ भन्यौं।’

हसिना कहिलेसम्म भारत बस्ने र आगामी योजना के छन् भन्नेबारेमा सरकारलाई जानकारी नरहेको जयशंकरले सदनमा बताएका छन्। 

यसअघि पनि बंगलादेशमा राजनीतिक संकट भएका बेला हसिनाका बुवासहित परिवारका सबै सदस्य मारिँदा तत्कालिन प्रधानमन्त्री इन्दीरा गान्धीले हसिना र उनकी दिदीलाई ६ बर्षसम्म बस्ने बोलाएर नै राखेकी थिइन्।
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्