Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद् बैठक जारी

मंगलबार, साउन २२, २०८१

काठमाडौँ - मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।  केही समय अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक सुरु भएको प्रशासन स्रोतले जानकारी दिएको छ । 

बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ । आजको बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) को सरुवा तथा पदस्थापन समेत गर्नेछ ।
 

बैठकले  केही मन्त्रालयहरूका सहसचिवहरूको सरुवासमेत हुन सक्ने पनि बताइएको छ । 

साथै बाङ्लादेशमा विकसित घटना र त्यसले नेपालमा पार्न सक्ने असरबारे पनि छलफल हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्