Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेशमा नवनियुक्त ५ राज्यमन्त्रीले लिए शपथ

मंगलबार, साउन २२, २०८१

जनकपुरधाम- मधेश प्रदेशमा मंगलबार थपिएका पाँच राज्यमन्त्रीलाई मुख्यमन्त्री सतिश कुमार सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

मधेश भवनमा आयोजित शपथग्रहण समारोह’मा मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख सुमित्रा भण्डारी र मन्त्रीहरूको उपस्थितिमा राज्यमन्त्रीहरूलाई शपथग्रहण गराएका हुन् ।एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामवावु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भु कुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीको शपथ लिएका हुन् ।

यस्तै काँग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीको शपथ लिइन् ।

योसँगै मधेशमा मन्त्रीको संख्या २० पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्