Nic Ad Nic Ad
Nic Ad Nic Ad

तीन एआईजीको सरुवा, एक पदस्थापन: उपत्यका प्रमुखमा पहिलो महिला एआईजी, थापा सीआईबी प्रमुख

मंगलबार, साउन २२, २०८१

काठमाडौँ - नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)को सरुवा तथा पदस्थापन प्रस्ताव गरिएको छ ।

सरकारी प्रवक्ता सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै थप तीन एआइजीपीहरुको सरुवा गरिएको सरकारी प्रवक्ता सञ्चार मन्त्री गुरुङले क्यानडा नेपाललाई जानकारी दिए ।

नवनियुक्त एआइजी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन सिफारिस गरिएको छ भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी(मेट्रो) र केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) प्रमुखको पनि सरुवा गरिएको छ ।

जसअनुसार हाल मेट्रो, रानीपोखरीका प्रमुख एआइजी दिपक थापालाई सिआइबी र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागकी एआइजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ । थापालाई सिआइबीमा पठाइएसँगै त्यहाँस्थित श्यामलाल ज्ञवाली नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा ल्याइएको छ । 

क्यानडा नेपाललाई सुब्बा गुरुङ्ले दिएको जानकारी अनुसार आज बसेको  मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयबाट पठाइएको प्रस्तावमाथि छलफलसँगै निर्णय गरेको हो ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्