Nic Ad Nic Ad
Nic Ad Nic Ad

माथिल्लो कमिटीबाट अनुमोदन गरेपछि मात्र निर्णय कार्यान्वयन गर्न एमालेको निर्देशन

मंगलबार, साउन २२, २०८१

काठमाडौँ - नेकपा एमालेले माथिल्लो कमिटीले अनुमोदन नगरेको निर्णय कार्यान्वयनमा नलैजान मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।

अन्तरपार्टी निर्देशिका-१० जारी गरी माथिल्लो कमिटीबाट अनुमोदन गराउनुपर्ने निर्णय अनुमोदन नगरी कार्यान्वयनमा लैजाने गरिएकोप्रति सचेत गराइएको छ ।

‘तल्ला कमिटीहरूले माथिल्लो कमिटीबाट अनुमोदन गराउनुपर्ने निर्णयहरू समेत अनुमोदन नगराई कार्यान्वयनमा लैजाने गरेको देखिन्छ’ अपानिमा लेखिएको छ,‘अबदेखि विधानतः अनुमोदन गराउनुपर्ने भनी उल्लेख भएका विषयहरू अनुमोदन भएपछि मात्र कार्यान्वयनमा लैजानुपर्दछ ।’

अध्यक्ष केपी शर्मा ओलीले जारी अपानिमा यसपटक प्रदेश कमिटीले गरेको निर्णयहरू मागेर समावेश गरिएको उल्लेख छ । तर अबदेखि प्रदेश कमिटीले अनिवार्य रूपले अनुमोदनका लागि केन्द्रमा पठाउने र केन्द्रले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा लैजान निर्देशन दिइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्