Nic Ad Nic Ad
Nic Ad Nic Ad

मौसमजन्य विपद्ः आज एकैदिन ११ जनाको मृत्यु

मंगलबार, साउन २२, २०८१

काठमाडौँ– विपद्का घटनामा परी आज देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ ।

यो सँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १६५ जनाको मृत्यु भएको छ । हिजोसम्म १५४ जनाको मृत्यु भएको थियो ।

आज बागलुङ र गुल्मीमा बढी मानवीय क्षति भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी हालसम्म १६५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपद्मा परी आजसम्म १९८ जना घाइते भएका छन् भने १५१ जना बेपत्ता भएका छन् । प्रहरी प्रवक्ता कार्कीले आज मात्रै थप चार जना बेपत्ता भएका जानकारी दिए ।

उक्त अवधिमा विपद्का घटनाबाट चार हजार २५९ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्