दुई सहसचिव सचिवमा बढुवा
काठमाडौँ - मन्त्रीपरिषद्को बैठकले न्याय सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए ।
न्याय सेवा आयोगको बैठकले साउन १५ गते दुई सहसचिवको सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो । न्याय सेवातर्फका कानून समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगाना सचिव बढुवामा सिफारिस भएका थिए ।
श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानुन आयोगमा कार्यरत थिए । उनलाई कानुन सेवा आयोगमै पदस्थापन गरिएको छ । बढुवा भएका अर्का सचिव ढुङगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापना मन्त्री परिषद्ले गरेको छ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ २१:१२
प्रतिक्रिया दिनुहोस्