Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

बुधबार, साउन २३, २०८१

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

आजको बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू मूल एजेन्डा रहेका छन् । महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ ।

बैठकले महासमिति बैठकबाट पारित नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । पार्टीका भ्रातृ  संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुनेछ ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको राजनीतिक, साङ्गठनिक र समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए ।
 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्