Nic Ad Nic Ad
Nic Ad Nic Ad

टीआरसीबारे कार्यदलमा भएको सहमतिको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाईदै

बुधबार, साउन २३, २०८१

काठमाडौ - सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित सहजीकरण संयन्त्रले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री सहित शिर्ष नेतालाई  बुझाउने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले प्रतिबेदन बुझ्ने कार्यक्रम तय भएको जनाएको छ ।

कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज बुझाउने तय भएको सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘आज बिहान ११ बजे प्रधानमन्त्री सहित  दलका शीर्ष नेतालाई संयुक्त रूपमा प्रतिवेदन बुझाउने कार्यक्रम तय भएको छ,’ बर्तौलाको भनाइ छ । नेता बर्तौलाका अनुसार शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्