नारायणघाट-मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन - पहिरोका कारण नारायणघाट-मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ। पृथ्वीराजमार्गको नाग्दी खोला भन्ने स्थानमा पहिरो खसेपछि बिहान साढे ७ बजेदेखि नै यस सडकखण्डमा यातायात ठप्प भएका छन्।
चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर ४ पृथ्वीराजमार्ग स्थित नाग्दी खोला सडक माथिबाट ढुंगासहितको पहिरो आई सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ। अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ। पहिरो पन्छाउन डेढ घण्टा लाग्ने अनुमान छ ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ ०८:२०
प्रतिक्रिया दिनुहोस्