Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनगढी उपमहानगरपालिकामा आज सार्वजनिक बिदा

बुधबार, साउन २३, २०८१

काठमाडौँ - कैलालीको धनगढी उपमहानगरपालिकाले आज तीज बिदा दिएको छ । राना थारु समुदायका महिलाहरूले मनाउने तीज पर्वको अवसरमा धनगढी उपमहानगरले आज सार्वजनिक बिदा दिएको हो । कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहेको आदिवासी जनजाति राना समुदायले तीजलाई भव्य रूपमा मनाउने गर्दछन् ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले एक सूचना जारी गर्दै बुधवार सार्वजनिक बिदा दिइएको जनाएका हुन्।

 

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्