Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न त्रिपुरेश्वर जाने

बुधबार, साउन २३, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन हेर्न त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वर जाने भएका छन् ।

आज अपराह्न ५ बजे राखेपको कभर्डहलमा नेपाल र भारतीय महिला टोलीबीच काभा भलिबलको फाइलन खेल हुँदैछ । प्रधानमन्त्री ओली भने अपराह्न सवा ४ बजे नै त्यहाँ पुग्ने जनाइएको छ ।


घरेलु टोली नेपालले मंगलबार भएको सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो भने भारतले श्रीलंकालाई सोझो सेटमा हराएको थियो ।

यसअघि समूह चरणमा नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित निकालेको थियो ।


 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्