Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिनको भाडा पौने १ करोड रुपैयाँ

बुधबार, साउन २३, २०८१

 काठमाडौं - बैंकहरूले त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिन सञ्चालन गर्दा पौने १ करोड रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल परिसरमा बैंकहरूले एटीएम मेसिन सञ्चालन गर्दा ७५ करोड ४३ लाख २७८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको हो ।


उक्त भाडा रकम भने ५ वर्ष अवधिका लागि रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले जनाएको छ । कार्यालयका अनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवन परिसरमा एटीएम मेसिन सञ्चालन गर्न इच्छुक बैंकले बोलपत्र पेस गर्न आग्रह गरेको छ ।

हाल ग्लोबल आइएमई बैंकको एटीएम रहेको कोठामा प्रत्येक एटीएमको लागि १.३२ वर्गमिटर क्षेत्रफलका दरले जम्मा जम्मा ३.९६ वर्ग मिटर क्षेत्रफलमा जम्मा ३ वटा फरकफरक बैकको एटीएम खुला प्रतिस्पर्धाको माध्यमबाट ५ वर्षको लागी आय ठेक्कामा दिइने नागरिक उड्डयन कार्यालयले बताएको छ ।

नेपाल राष्ट्र बैकबाट ‘क’ वर्गका वाणिज्य बैंकले प्रचलित कानूनको अधिनमा रही १५ दिनभित्र बोलपत्र दाखिला आग्रह गरेको छ । बोलपत्र फाराम दस्तुर ३ हजार ३९० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्