Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र प्रहरीको सफलताः त्रिभुवन विमानस्थलमा समात्यो साढे सात किलो कोकिनसहित व्यक्ति

बुधबार, साउन २३, २०८१

काठमाडौं– बिमानस्थल सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले भन्सारसँगको सहकार्यमा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक विदेशी नागरिकलाई पक्राउ गरेको छ भने साढे ७ किलो लागु औषध कोकिन जफत गरेको छ। 

दोहाबाट कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा सोमबार राती सवा १ बजे विमानस्थल आइपुगेका ५१ वर्षे ल्याटिभियन नागरिक इभार्स भाल्टर्सले लुकाएर ल्याएको साढे ७ केजी कोकिन जफत गरिएको बताइएको छ।

भाल्टर्सका साथमा रहेको ह्याण्डब्यागभित्र राखिएको सिरानीमा शंका लागेपछि चेकजाँच गर्दा पहेँलो रंगको चकलेट आकारभित्र पाउडर थियो। पक्राउ गरिएका व्यक्ति र जफत गरिएको कोकिनलाई नेपाल प्रहरीको लागु औषध ब्युरोमा अनुसन्धानसहित चेकजाँचका लागि बुझाइएको छ। 

पछिल्लो समय सशस्त्र प्रहरी बलले विमानस्थल सुरक्षाका निम्ति जनशक्ति थप गरेको थियो।
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्